काठमाडौं। सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाट भएको छ । कम्पनीले मंगलवार (आज) एक सूचना जारी गर्दै आईपीओ साउन २ गते बाँडफाट भएको जानकारी गराएको हो ।
कम्पनीले असार २ गतेदेखि २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई १०० अंकित मूल्यको ३ लाख कित्ता शेयर विक्री खुला गरेको थियो । जसमध्ये १ लाख ७८ हजार ९४० कित्ता शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका स्थानीयबासीका लागि आइपीओ खुलाएको थियो। माग अनुसार आइपीओका लागि आवेदन नपरेपछि आवेदन दिने सबैले आइपीओ हात पारेका छन्। माग नपरेको बाँकी आइपीओ अब सर्वसाधारणका लागि बिक्री खुलाइने बताइएको छ। आइपीओमा एनआइबीएल एक क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
याे पनि:
सयपत्री हाइड्रोपावरले आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुलायो