रुकुम। कर्णाली प्रदेश अन्तर्गतको चौरजहारी नगरपालिकाले विद्यालय भवन निर्माण गर्ने भएको छ। नगरपालिकाले वडा नं ८ मा विचकटिया आधारभुत विद्यालय , वडा नं १३ मा रातमाटा आधारभुत विद्यालय र वडा नं ७ मा कोटजहारी माध्यमिक विधालय गरी ३ वटा शैक्षिक भवन निर्माण गर्ने भएको हो। निर्माण गरिने ३ वटै विद्यालयका भवनहरु ८/८ कोठाको हुनेछ। चौरजहारी नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय स्तरमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सो योजनालाई अगाडी बढाएको हो।
नगरपालिकाले ४ करोड भन्दा बढी लागतमा सो विद्यालय भवनहरु निर्माण गर्नको लागि ठेक्का आह्वान गरीसकेको कुरा जानकारी दिएको छ। नगरपालिकाले ठेक्का लागेलगत्तै भवन निर्माणको कार्यलाई अगाडी बढाउने कुराको प्रतिबद्धता जनाएको छ। साना साना बच्चाहरुलाई टाढा क्षिा लिन जान समस्या हुने भएको कारणले गर्दा पनि आफ्नै स्थानयि स्तरमा विद्यालय भवन निर्माण गर्न लागिएको हो। भवन निर्माण पश्चात त्यहाँका विधार्थीहरुलाई शिक्षा लिन टाढा जानुपर्ने बाँध्यता पनि हट्ने छ। सो विद्यालयको भवन निर्माण हुने कुराले नगरवासीहरु खुसि हुनुको साथै आफ्नै स्थानीय क्षेत्रमा आफ्ना बच्चाहरुले गुणस्तरीय शिक्षा पाउने कुरामा विश्वस्त भएका छन्।