काठमाडौं। पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ। उड्नेवित्तिकै जहाजको इन्जिनमा समस्या देखिएको हो।
पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएपछि उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलले जनाएको छ। उक्त जहाजमा ४५ जना यात्रु थिए।
नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको बताइएको छ। ८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो। बायाँ इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको विमानस्थलले जनाएको छ।
यो पनिः
धनगढीका लागि उडेको जहाजभित्रै यात्रुले चुरोट तानेपछि...