कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका नेपाली कांग्रेस वडा एकाइ समितिका सभापति कृष्णकुमार श्रेष्ठले बीपी स्मृति भवन निर्माणका लागि जग्गा दान गरेका छन् । घाचोकमा निर्माण हुने भवनका लागि श्रेष्ठले आफ्नो ४० लाख बराबरको ६ आना २ पैसा जमिन दान गरेका हुन् ।
श्रेष्ठले घाचोकको एकाइ समितिको बैठक तथा गतिविधि सञ्चालनका लागि सहज होस् भनेर जग्गा उपलब्ध गराएको बताएका छन् । उनले आफूले २०३६ सालबाट सक्रिय भएर लागेको कांग्रेस पार्टीलाई बलियो बनाउनका लागि जग्गा दान गरेको बताएका छन् ।
कांग्रेस वडा एकाइ समितिले घाचोक बीपी स्मृति भवन निर्माणका लागि काम अघि शुरू गरेको छ । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भवनको शिलान्यास गरेका थिए ।