काठमाडौं। झापामा नेपाली सेनाले विद्यालय भवन निर्माण गरेको छ। झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर सेनाले हस्तान्तरण गरेको हो।
सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण गरेका छन्। सो अवसरमा पृतनापति खड्काले सेना र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन विद्यालय भवन निर्माण गरिएको बताए।
सभाकक्ष, कक्षाकोठा र शौचालयसहितको भवन निर्माणका लागि रु ३५ लाख बजेट उपलब्ध गराए पनि रु ३२ लाख १८ हजार आठ सय ५५ मा ठेक्का लागेर भवन निर्माण भएको विद्यालयले जनाएको छ। उक्त विद्यालय भवनले ग्रामिण क्षेत्रको शिक्षामा टेवा पुग्ने विश्वास गरिरिएको छ।
यो पनिः
सात वर्षमा पनि बनेन विद्यालय भवन