काठमाडाैं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषदकाे बैठकले निगमका अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हाे ।
मन्त्रिपरिषद्ले एक महिनाअघि अध्यक्ष अधिकारीलाई स्पष्टिकरण सोधेको थियो। उनलाई बर्खास्त गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २२ बुँदे आरोपपत्र सहित मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
पर्यटनमन्त्री प्रेम आले आएपछि उनले तत्कालिन अध्यक्ष डिमप्रसाद पौडेललाई हटाएर कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेका थिए।