काठमाडौं। राष्ट्रिय गौरवको मध्यपहाडि राजमार्ग निर्माण सम्पन्न नहुँदै आसपासका स्थानीय लाभान्वित हुन थालेका छन् । राजमार्ग निर्माणको काम सँगसँगै यात्रा गर्न मात्र होइन, कृषि उत्पादन बजारसम्म पुर्याउन पनि सजिलो भएको छ ।
पाँचथरको चियोभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्मका २४ वटा जिल्ला जोड्ने १ हजार ८ सय ७९ किलोमिटर लामो सडकमध्ये हालसम्म १२५९ किलोमिटर कालो पत्रे गरेर सम्पन्न भएको छ । राजमार्गको दैलेख क्षेत्रमा पर्ने १ सय २५ किलोमिटर लामो सडक सन्जालको काम ६५ प्रतिशत सकिएको छ ।
पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डमा १२५ किलोमिटर लामो सडकमध्ये हालसम्म ६५ किलोमिटर सडकको कालोपत्रे भएको छ । सडक निर्माण र कालो पत्रेको कामले एक वर्षयता तीव्रता पाएसागै दैलेखको यात्रा सहज र सरल भएको छ । सडक सन्चालन भएसागै स्थानीय उत्पादन सामग्रीले सहजै बजार पाएका छन् । चालू आर्थिक वर्षभित्रै बााकी काम सक्ने गरी वर्षातको समयमा पनि काम भइरहेको छ ।
पाँचथरदेखि बैतडीसम्मको मध्यपहाडी क्षेत्रको विकासका लागि सञ्चालित यो आयोजनाले दैलेखका ७ वटा स्थानीय तहका सडक सन्जालसाग जोडिएको छ । यही राजमार्गअन्तर्गत कर्णाली नदीमा पक्की पुल बनको छ । अब लामो यात्रा गरेर सुदूरपश्चिम जानुपर्ने यात्रुलाई पनि सडकले सहज बनाइदिएको छ ।
पूर्वदेखि पश्चिमसम्म राजमार्ग निर्माणको काम सम्पन्न भएपछि पहाडि जिल्लाका २ सय २५ वटा वस्ती सडक सञ्जालमा जोडिने छन् । यो राजमार्गबाट ७० लाखभन्दा बढी नागरिकले लाभ पाउने छन् । पहाडि क्षेत्रका कृषि उत्पादनको वजारीकरणसमेत गर्ने उद्देश्यले निर्माण गरिएको यो राजमार्गले पर्यटन विकासमा समेत सहयोग पुग्ने छ ।