काठमाडौं । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सङ्ग्रहालय निर्माण हुने भएको छ । सङ्ग्रहालय निर्माणका लागि आज एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच सम्झौता भएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वाम तथा लोकतान्त्रिक योद्धाको संग्रहालय बनाउन प्रतिष्ठानसँग सम्झौता भएको जानकारी दिए । उनका अनुुसार प्रतिष्ठानसँग ५ वर्षका लागि सहमति भएको छ।
एमाले महासचिव ईश्वर पोखरेलले पनि प्रतिष्ठानसँग महत्वपूर्ण समझदारी भएको भन्दै अब केही समयपछिदेखि एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुने जानकारी समेत दिए ।
अहिले एमाले केन्द्रीय कार्यालय थापाथलीमा रहेको छ। धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठाको भवनबाट १ वैशाखमा थापाथली सरेको थियो।