काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको नाफा १५ प्रतिशतले बढेको छ। चिलिमेले रू ७६ करोड ७८ लाखभन्दा बढी खुद नाफा गर्दै अघिल्लो आवको तुलनामा १४ दशमलव ९३ प्रतिशत बढी खुद नाफा गरेको हो ।
अघिल्लो आवमा कम्पनीको खुद नाफा रू ६६ करोड ८१ लाखभन्दा बढी रहेको थियो ।गत आवमा कम्पनीको सञ्चालन नाफा भने करीब ८ प्रतिशत बढी रहेको छ । अघिल्लो आवमा रू ७३ करोड ९४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा रू ७९ करोड ८२ लाखभन्दा बढी यो नाफा गरेको हो ।
कम्पनीले विद्युत् विक्रीबाट अघिल्लो आवभन्दा करीब ५ प्रतिशत बढी अर्थात् रू १ अर्ब १८ करोड १७ लाखभन्दा बढी आम्दानी गरेको छ । गत आवमा ७ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी रू ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार पुर्याएको छ ।