काठमाडौं। रसुवागढी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि कम्पनीले निष्कासन गरेको आईपीओमा आवदेन दिने समय आज मात्र बाँकी रहेको हो।
कम्पनीले रु १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको छ ।
आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं.१ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं.४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीका लागि उक्त आईपीओ निष्कासन गरेको हो ।
उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म मंगलवार बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
उक्त आईपीओमा मेरो शेयर वेवसाइट र एपबाट आवेदन दिन सकिने छ । यसका साथै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।