काठमाडौं। सिन्धुलीमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सो अस्पताल निर्माण हुने भएको हो।
उक्त अस्पताल भवन हरिहरपुरगढी गाउँपालिकाको कार्यालयले निर्माण गर्ने भएको छ। सुविधा सम्पन्न अस्पतालको अभावमा अकालमै ज्यान गुमाउनु परेको दर्दानक घटनालाई मध्यनजर गर्दै सो अस्पताल भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँमा नै सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि अब अकालमा उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ।
अस्पतालको अभावमा लामो समय खर्चेर धाउन पर्ने बाध्यता हट्ने स्थानीयले आशा गरेका छन्। अस्पताल निर्माण हुने भएपछि आफुहरु खुसि भएको सो गाउँपालिकाका स्थानीयले बताए। गाउँमा नै गुणस्तरीय उपचार पाउने आशमा रहेको उनिहरुको भनाइ रहेको छ।
उक्त अस्पताल भवन निर्माणको जिम्मा तिन वटा निर्माण कम्पनीले पाएका छन्। सिनर्जी, राजदेभीभक्त र आर.पी जेभीले पाएका हुन्। तिन वटा निर्माण कम्पनीले २१ करोड ८१ लाख ९० हजार ९ सय ४४ रुपैँयाको लागतमा उक्त अस्पताल भवन निर्माणको जिम्मा लिएका छन्। समयमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्मााण कम्पनीले दाबी गरेका छन्।