काठमाडौं। पोखरा–८ नयाँबजारमा बहुउद्देश्यीय सामाजिक भवन निर्माण भएको छ। उक्त भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६५१ रुपैयाँ खर्च भएको हो।
पोखरा महानगरपालिका ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दु कुमार थापा र पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन्।
भवनको उद्घाटन गर्दै मन्त्री थापापले बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्ने आशा व्यक्त गरे।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गरे। सरस्वती मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले ऐतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताइन्।