काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न भदौ १२ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा रू. १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड ६४ लाख रहेको छ ।
उक्त हकप्रद शेयरमा भदौ ११ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् ।