काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो। कम्पनीले साउन ६ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले जारी पूँजी रू.८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर स्थानीयमा जारी गरेको छ । यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।