काठमाडाैं। सान्जेन जलविद्युत कम्पनीले आजबाट सेयर निष्कासन गरेको छ। कम्पनीले ३६ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको हो।
कम्पनीले भदौ १९ गतेसम्म सेयर जारी गर्ने तालिका सार्वजनिक गरेको छ। कम्पनीको सेयरमा स्थानीयले कम्तिमा १० र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्छन्।
रसुवाका आमाछोदिङमो गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडाका बासिन्दाले सेयर पाउने छन्।
कम्पनी अन्तर्गत अहिले दुई परियोजना निर्माण भइरहेका छन्। एउटाको क्षमता १४.८ मेगावाट छ भने अर्को ४२.५ मेगावाटको छ। यो परियोजना जनताको जलविद्युत कार्यक्रम अन्तर्गत छ।
परियोजनाको कुल लागत ११ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ अनुमान गरिएको छ। यो भनेको प्रति मेगावाट २० करोड ६९ लाख रुपैयाँ हो।