काठमाडौं। बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर आजदेखि खुला गरिएको छ। कम्पनीले हाल कायम रहेको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।
कम्पनीले रू १०० अंकित दरका रू २६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
आवेदकले भदौ २६ गतेसम्म उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू २६ करोड ७९ लाख रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू ५३ करोड ५८ लाख पुग्नेछ ।
विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।