काठमाडौं। काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना भत्काएको छ। आज बिहान डोजर लगाएर संरचना भत्काइएको हो।
मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।
काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए । जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।