काठमाडौं। रेल विभागको महानिर्देशकको जिम्मेवारी रोहित कुमार बिसुरालले पाएका छन्। गत भदौ २ गतेको मन्त्रीस्तरीय निर्णयले बिसुराललाई महानिर्देशकको जिम्मेवारी दिएको हो।
महानिर्देशक बिसुरालले बुधबार जिम्मेवारी सम्हालेका छन्।
विभागका महानिर्देशक दीपक कुमार भट्टराई साउन तेस्रो साता अवकास भएपछि उक्त पद रिक्त थियो।
नवनियुक्त बिसुरालले बि.सं २०४८ सालमा इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी त्यसपछि निरन्तर सडक विभाग र मातहतका निकायहरुमा काम गर्दै आएका छन्।
बि सं २०६४ सालमा उनी सिनियर डिभिजनल इन्जिनियरमा बढुवा भएका थिए। त्यसको १० वर्ष अर्थात २०७४ सालदेखि कामु सहसचिवका रुपमा काम गर्दै आएका थिए। गत वर्ष मात्रै उनी सहसचिवमा बढुवा भएका हुन्। उनको सरकारी सेवा अवधि अब २ वर्ष मात्रै बाँकी छ।