काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारणसभा भोलि हुने भएको छ । काठमाडौं बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्यांक्वेटमा बिहान ११ बजे साधारणसभा शुरू हुने जानकारी दिइएको हो ।
सभामा बोनस शेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनी प्राप्तिपश्चात् कायम हुने आउने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव ल्याइनेछ ।
विशेष साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २ गते बुक क्लोज गरेको छ । यस आधारमा भदौ १ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।