काठमाडाैं। पिपुल्स पावर कम्पनीको आईपीओ भदाै १२ गते आइतवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले आफ्नै कार्यालयमा १२ गते आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो ।
आईपीओको प्रि अलोटमेन्ट भने बुधवार सम्पन्न भइसकेको क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओमा माग भन्दा ७ दशमलव ९३ गुणा बढी आवेदन परेको छ । यस आधारमा आईपीओ गोलाप्रथाद्धारा बाँडफाट हुनेछ ।
कम्पनीको आईपीओमा कुल १६ लाख ६ हजार १०९ जनाले आवेदन दिएका हुन । जसमध्ये २ लाख २९ हजार ४६८ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले साउन ३१ गते देखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीको लागि ,१ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।