काठमाडौं। काठमाडौं महानगरपालिकाले वनस्थली–ढुंगेधारा क्षेत्रका अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घर–टहरा भत्काएको छ। महानगरले शनिबार बिहान वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा भत्काउन सुरु गरेको हो।
महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा शनिबार बिहानबाट भत्काउन सुरु गरिएको हो ।
महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेले बताए।
महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।
अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ । पुनस् आइतबारदेखि अभियानले निरन्तर पाउने महानगरपालिकाले बताएको छ ।