काठमाडाैं। शिव श्री हाइड्रोपावर कम्पनीले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/७९ को विवरणमा कम्पनी ३६ करोड ३६ लाख ७९ हजार रुपैयाँ घाटामा रहेको जनाइएको छ |
अघिल्लो वर्ष १ करोड ८४ लाख रुपैयाँ नाफामा रहेको कम्पनीले यो वर्ष भने घाटाको विवरण सार्वजनिक गरेको हो |
४ करोड ८ लाख रुपैयाँ रहेको विद्युत् बिक्री यस अवधिसम्म बढेर २४ करोड ८६ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यसको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ। जगेडा कोष ३४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष यसको रिजर्भ १ करोड ८४ लाख रुपैयाँ धनात्मक रहेको थियो ।
यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६३ पैसा नोक्सानीमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ६१ पैसा छ ।