काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठले मंगलबार सो क्षेत्रको स्थलगत अनुगमन गर्दै दरबार क्षेत्रमा राखिएका ईंटा, जस्ताको छाप्रो र अन्य संरचना तत्काल हटाउन निर्देशन दिएका हुन्।
यसले पर्यटकको आगमन र अवलोकनमा बाधा पुगेको उनले बताएका छन् । स्थलगत अनुगमनका क्रममा सरोकारवालासँग छलफल गरी छरपस्ट अवस्थामा रहेका सामग्री तत्काल हटाउन निर्देशन दिइएको हो ।
नजिकिंदै गरेको इन्द्रजात्रा र त्यस अवसरमा हुने जात्रालाई लक्षित गरी मन्त्री श्रेष्ठले स्थलगत अनुगमन गरेका हुन् । उनले दरबार क्षेत्रलाई व्यवस्थित र संरक्षणमा स्थानीय संघसंस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गर्नुपर्ने समेत उल्लेख गरेका छन् । उनले जात्रा सफल बनाउन समेत सबैसँग आह्वान समेत गरेका छन् ।