रसुवा। लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्र भित्र अनधिकृत रुपमा निर्माण गरिएका घर टहराहरु भत्काउन सुरु गरिएको छ । लाङटाटाङ राष्ट्रिय निकुन्जले पहिलो चरणमा मैलुङ स्याफ्रुबेसि सडक छेउमा जग्गा अधिग्रहण गरी बनाइएका ११ वटा टहरा हटाएको हो ।
अनधिकृत रुपमा जथाभावी बनाइएका संरचनाले मानिसहरुको आवतजावत बढ्दा लोपोन्मुख बन्यजन्तुले बासस्थानसँगै चरिचरन समेत फेर्ने निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटराईले बताए ।
अनाधिकृत संरचनाले प्रकृतिक श्रोतको दोहन हुने हुँदा पारिस्थितिकीय प्रणलीमा असर पर्ने भएकाले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको निकुन्ज क्षेत्रमा बनाइएका अन्य संरचना पनि हटाईने अधिकृत भट्टराईले जानकारी दिए ।
राष्ट्रिय निकुन्ज क्षेत्रभित्र जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै निकुन्जले इजाजत बिना निर्माण भएका घरटहरा हटाउने तथा निर्माण नगर्न समेत आग्रह गरिएको छ ।