मेरिल्याण्ड। आफ्नो कर्तव्य पालना गर्दा गर्दै जीवन गुमाएकी प्रहरी अधिकृत एमि क्याप्रिओको सम्मानमा र स्मरणमा स्थानीय स्कूलको मैदानमा एक युनिटी खेलमैदान निर्माण सम्पन्न भएको छ।
प्रहरी अधिकृत एमिको सम्झनामा निर्माण गरिएको खेल मैदानको एक समारोह बीच उद्घाटन गरिएको छ।उक्त खेल मैदान निर्माणको लागि स्थानीय समुदायले माग गरे बमोजिम डेलिगेट हयारी भण्डारीले अरु सहकर्मी निर्वाचित प्रतिनिधीहरुसँग समन्वय गर्दै राज्यको बजेट ल्याउन पहल, समन्वय र विल पेश गर्नु भएको थियो।
कर्तव्यपरायण गर्दा गर्दै जीवन गुमाउन पुगेकी प्रहरी अधिकृतको नाममा काम गर्नका लागि स्थानीय वासिन्दाहरुले पटक पटक डेलिगेट भण्डारीको स्थानीय कार्यालय र हाउस रहेको स्थान एनापोलिसको कार्यालयमा समेत अनुरोध गरेका थिए।
दिवंगत प्रहरी अधिकृतको नाममा काम गर्न स्थापित अफिसर क्याप्रिओप्ले ग्राउण्ड प्रोजेक्टले डेलिगेट भण्डारीलाई अभिनन्दन समेत गरेको छ।
भण्डारीले आफ्नो जिल्लाको सामाजिक, आर्थिक, सामाजिक महत्व वोकेका विभिन्न आयोजनाहरुको निर्माणका लागि बजेट ल्याउन पहल गरिरहनु भएको छ। यसरी प्रस्ताव गरिएका आयोजनाहरु मध्ये कतिपय सम्पन्न भईसकेका छन्, भने कतिपय आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्।