काठमाडौं। नेपाल वेयरहाउजिङ्ग कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ जारी गर्नका लागि धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त गरेको हो।
कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्कासनका लागि निष्कासन तथा विक्री प्रबन्धक सेवा सम्बन्धमा शुक्रवार सम्झौता भएको छ ।
सम्झौता पत्रमा धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र नेपाल वेयरहाउजिङ्ग कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन्।
उक्त कम्पनीमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ। कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्दै आएको छ।