ललितपुर। ललितपुर महानगरपालिकाले आफैंले निर्माण गरेको अनधिकृत संरचना हटाएको छ। महानगरले लगनखेलमा नियमविपरीत बनेको आफ्नै संरचना हटाएर अनधिकृत संरचना हटाउने अभियानको थालनि गरेको हो।
महानगरको यसअघि फुटपाथ ओगटेर नियमविपरीत भवन बनेको थियो । सो भनवमा क्वालिटी क्याफे सञ्चालनमा थियो ।
नगर प्रहरीले फुटपाथ ओगट्नेलाई पत्र नकाटी पनि कारबाही गर्न मिल्ने भन्दै संरचना भत्काएको हो ।
यस्तै, महानगरले फुटपाथ मिचेर, नक्साविपरीत बनाइएका अनधिकृत संरचना दसैँसम्म भत्काउन निर्देशन दिएको छ ।यतिखेर महानगरले अनधिकृत संरचना हटाउन माइकिङ गरिरहेको छ । दशैंसम्म समय दिने त्यसबेलासम्म अनधिकृत संरचना व्यवसायी तथा घरधनि आफैंले नहटाए दशैं लगत्तै महानगरले डोजर चलाउने चेतावनी समेत दिएको छ।