काठमाडौं। मन्दाकिनी हाइड्रो पावर कम्पनी लिमिटेडले ३ करोड खुद नाफा कमाएको छ। कास्कीको सार्दी खोलामा ४ मेगावाटको सार्दी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको मन्दाकिनी हाइड्रोले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म २ करोड ९० लाख ७६ हजार २ सय ६६ रुपैयाँ खुद नाफा कमाएको हो।
अघिल्लो आव २०७७/७८ को तुलनामा कम्पनीको नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीले १ करोड ५४ लाख ३८ हजार ९ सय ७६ रुपैयाँ खुद नाफा कमाएको थियो
।
कम्पनीको नाफा बढेसँगै विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । यो आवधिमा कम्पनीले विद्यूत बिक्री गरी ११ करोड ३६ लाख ८७ हजार ३ सय २२ रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवको यही समयअवधिमा कम्पनीले ९ करोड ६५ लाख ७१ हजार ११ रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीको अन्य स्रोतको आम्दानी अघिल्लो आवमा ३७ हजार २ सय ६९ थियो भने गत आवमा १ लाख ७९ हजार ५ सय ७१ रुपैयाँ रहेको छ ।