काठमाडौं। रुपन्देहीमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण भएको छ। रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यामिक विद्यालयका लागि निर्माण गरिएको हो।
उक्त विद्यालय भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शनिबार रुपन्देहीमा विद्यालय परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड नौ लाखको लागतमा जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा परियोजनाको कार्यान्वयन गरेको हो। उक्त परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको हो।