काठमाडौं। इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निकालेको आइपीओमा आवेदन दिने समय आगामी भदौ २८ गतेसम्मलाई थप गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थायी बासिन्दाका लागि भदौ १७ गतेदेखि ६ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको छ । आईपीओमा आवेदकले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर वेवसाइट र एप मार्फत आवेदन दिन सक्नेछन् । साथै आवेदकले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको भोजपुर शाखा एवं प्रभु बैंकको हतुवागढी शाखाबाट र नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।