काठमाडौं। भरतपुर महानगरपालिका को वडा नम्बर २० ले यो वडामा बनिरहेका र बन्दै गरेका भवन, घर तथा टहराहरुको नक्सा पास गरेर मात्र निर्माण गर्न आग्रह गरेको छ।
वडाध्यक्ष मुक्ति प्रसाद घलेले हिजो एक सूचना जारि गर्दै यस वडाका बिभिन्न टोलहरुमा निर्माण भैरहेका भवन तथा टहराहरु नक्सा पास नगरी निर्माण भैरहेको पाइएको हर स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार नक्सा पास नगरी निर्माण कार्य गर्नु गैरकानुनी भएको ले नियम अनुसार नक्सा पास तथा स्वीकृत गराएर मात्र निर्माण गर्न अनुरोध गरेका छन्।
