काठमाडौं। एम.ए.डब्लुले नेपालमा जेसिबिको दश हजार मेसिन बिक्रि गरेको छ। नेपालमा कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट कम्पनीको रुपमा स्थापित एम.ए.डब्लुले छोटो समयमा दश हजार जेसिबि बिक्रि गर्न सफल भएको हो।
जेसिबि इन्डियाका सिइओ तथा एम.डि दिपक सेठी, एम ए डब्लु अर्थमुभर्सका एम.डि विष्णु कुमार अग्रवाल र एम ए डब्लु अर्थमुर्सका इ.डि.ओ गोपाल कुमार अग्रवालले आज कालिका कन्स्ट्रक्सनका एम.डि निकोलस पाण्डेलाई दश हजारौं मेसिनको चाबि हस्तान्तरण गरेका छन्। कालिका कन्स्ट्रक्सनले एम ए डब्लु जेसिबिको दश हजारौं मेसिनको रुपमा टेलिह्यन्डलर खरिद गरेको हो।
कालिका कन्स्ट्रक्सनलाई चाबि हस्तान्तरण गर्दै जेसिबि इन्डियाका सिइओ सेठीले नेपालमा दश हजार मेसिन बिक्रि गरेर नेपालको कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा जेसिबिले नयाँ प्रतिबिम्भ स्थापना गर्न सफल भएको बताए।
कालिकाका एम.डि पाण्डेले टेलिह्यन्डलरको चाबि लिँदै जेसिबिको सबैभन्दा राम्रो पक्ष सामान खरिदपछिको सेवा तीव्र र राम्रो भएको बताएका छन्। उनले भने, ‘हामीले ठूला मेसिन खरिद गर्दा खरिदपछिको सेवामा बढी ध्यान दिनुपर्ने हुन्छ। अन्य कम्पनीको मेसिन किन्दा बिग्रिएको अवस्थामा मर्मत सेवाका लागि लामो समय लगाउने हुँदा हामी ठूलो घाटामा पर्छौैँ। तर जेसिबिको सन्दर्भमा त्यस्तो छैन। सेवा तीव्र भएका कारण हाम्रो काममा रोकावट आउँदैन।’