म्याग्दी । निलगिरि क्यासकेड जलविद्युत् आयोजनाको काम हालसम्म १० प्रतिशत पूरा भएको छ । निलगिरीखोला हाइड्रोपावर प्रालिले ठेक्का लिएको ७१ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको काम जारी रहेको हो ।
निलगिरि क्यासकेडको बाँध र पहिलाको विद्युतगृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाइएको छ । निलगिरि क्यासकेडको चार हजार २०० मिटरमध्ये चारवटा अडितबाट दुई हजार २०० मिटर सुरुङ खनिएको निलगिरि हाइड्रोपावरका साइट कार्यालयका प्रमुख रतन बमजनले बताए । निलगिरि क्यासकेडको दोभिल्नामा विद्युतगृह निर्माण शुरु भएको छ ।
रु १३ अर्ब लागत अनुमान गरिएको सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्माणमा करिब एक हजार मजदुर परिचालन गरिएको छ। निलगिरि पहिलाको विद्युतगृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ ।