सुर्खेत । १३ हजार ११९ रुख निर्माण हुने कोहलपु १३२ केभी लाईन विस्तारकोलागी कटान गरिने भएको छ । आयोजनाका प्रमुख रनिकुमार चौधरीले रुख कटानको लागी बोलपत्र आह्वान जग्गाको मुआब्जालगाएतका प्रक्रियाहरु मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि मात्र शुरु गरिने बताए । विभाग मन्त्रि नभएको कारणले काममा थोरै ढिला भएको भएतापनि रुखहरु धेरै कटान गर्नुपर्ने भएकोले समय लाग्ने छ । उक्त रुख कटानमा ढिलाइ हुँदा जग्गाको मुआब्जा देखि प्रसारण लाइन निर्माणको काममा पनि प्रभाव पर्ने भएको छ , एक वर्ष भित्रमा लाइन निर्माण गरिसक्नु पर्ने चौँधरीले बताए ।
सो प्रसारण लाइन टावर निर्माणको शुरुवात कोहलपुरबाट नेपाल विधुत् प्राधिकरणको ३६ औँ वार्षिकोत्सवका अवसरमा गरेको थियो । उक्त लाइन निर्माणको ठेक्का भारतिय कम्पनिले करिब रु ७० करोडको लागतमा लिएको थियो । ५२ किमि दुरी रहेको सो प्रसारण लाइनको लागी डबल सर्किटमा १६१ टावर निर्माण गर्नुपर्ने छ । गएको असारमा सम्झौता भएपनि कम्पनिले निर्माणको कार्य अगाडी बढाएको छ ।
कर्णालिमा विसं २०४५ मा निर्माण भएको ३३ केभी प्रसारण लाइनको कारणलेगर्दा भोल्टेज कम हुने , सामान्य वर्षा वा हावाहुरी मा पनि खम्बाहरु ढल्ने अनियमित विधुत हुने जस्ता समस्याले उपभोग गर्ने उपभोक्ता लाई समस्या परेको छ । सो आयोजना बाँकेको कोहलपुर सब स्टेशनबाट शुरु भएर सुर्खेतको वीरेन्द्रनगरको सब स्टेशनमा अन्त्य हुनेछ , सो आयोजनाको काम सम्पन्न भएमा सबै उपभोक्ता समस्या बाट बच्ने देखिन्छ ।
सो आयोजनाको प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वन क्षेत्र, १५ दशमलव १३५ खेतीयोग्य, दुई दशमलव २६५ बाँझो जमिन तथा ११ दशमलव ६५ अन्य भागले ओगटेको छ । आयोजनाको धेरै जसो क्षेत्र बाँके र बर्दिय राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्छ । सो आयोजनाबाट प्रभावित हुनेहरुमा बाँकोको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका , बर्दियाको बाँसगढी नगरपालिका र सुर्खेतका भेरीगङ्गा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावमा पर्नेछन् ।