सुनसरी। सुनसरीको इनरुवा नगरपालिकाले अनधिकृत रुपमा नगरभित्र बनाइएका संरचना हटाउन सूचना जारी गरेको छ। नगरपालिकाले संरचना हटाउन र सडक पेटी व्यवस्थित गर्नका लागि ३५ दिने सूचना जारी गरेको हो।
सूचनालाई बेवास्था गरेमा कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने नगरले चेतावनीसमेत दिएको छ ।
‘सडकपेटीमा थुपारिएका निर्माणलगायत व्यापारिक सामग्री यथाशीघ्र हटाई सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्न गराउन हुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।