काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमवार बालाजु क्षेत्रका अवैध संरचनामाथि डोजर चलाएको छ। मेयर बालेन्द्र साह (बालेन)को सक्रियतामा शुरू भएको अवैध संरचना हटाउने अभियान अन्तर्गत आज बालाजु क्षेत्रमा डोजर चलाइएको हो।
आज बालाजुस्थित माछापोखरी क्षेत्रका अनधिकृत संरचना हटाइएको छ । महानगरपालिकाले गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काएको छ ।
महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरिएका भौतिक संरचना र प्रयोजनविपरित प्रयोग गरिएका संरचनाहरू हटाउन थालेको हो । महानगरपालिकाले व्यवसायिक भवनहरूले बेसमेन्टमा पार्किङ राख्ने भनेर नक्सा स्वीकृत गराए पनि पार्किङ नराखी अन्य प्रयोजनमा प्रयोग गरेकाहरूलाई खाली गराइरहेको छ ।