काठमाडौं । नेपालको संघीय संसदको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमवार नयाँ बानेश्वरस्थित संघीय सदनमा आयोजित भेटपछि सो समझदारीपत्रमा हस्ताक्षर भएको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । समझदारी पत्रमा दुबै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एक अर्काको स्वतन्त्रता सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको मूल हित र महत्वपूर्ण सरोकारका साथ दिन सहमत भएको उल्लेख छ ।
सोहीअनुसार दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदान प्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।


