काठमाडौं। इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ। हाइड्रोपावरको भदौ ७ गतेदेखि विक्रीमा आएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ विक्री खुला गरेको हो। कम्पनीले प्रति कित्ता रू १०० अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्कासन गरेको हो। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
उक्त आईपीओमा विक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ। विक्री प्रबन्धकले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंक भोजपुर शाखाका साथै प्रभु बैंक हतुवागढीबाट पनि आवेदन दिन सकिन व्यवस्था गरेको छ ।