काठमाडौं । सरकारले अर्थमन्त्री जनार्दन शर्माको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वासिङ्टन डिसीमा हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मन्त्री शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको हो ।
बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णयसहित विभिन्न १५ बूँदे निर्णय गरेको उनले बताए।