काठमाडौं। पेट्रोलियम पदार्थ लोडिङ गर्ने नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघले आजदेखि अमलेखगञ्ज डिपोबाट अन्य डिपोमा पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएको छ।
हिजो एक विज्ञप्ति निकालेर आजबाट लोडिङ र असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने महासंघले जनाएको छ।
ढुवानी व्यवसायीले २० प्रतिशत ढुवानी भाडा वृद्धि गर्ने पर्ने भनेर हवाई इन्धन ढुवानी बन्द गरेको लामो समय भएको थियो भने अब सबै खालको पेट्रोलिय पदार्थ ढुवानी व्यवसायीले नगर्ने भएका हुन्।
