कास्की। पोखरा महानगरपालिकाले महानगरभित्रका अनधिकृत संरचना हटाउन सूचना जारी गरेको छ। गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियान सुरु गरेको हो।
सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ । तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानुनबमोजिम गरिने चेतावनी समेत दिइएको छ।
फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र सार्वजनिक जग्गा मासेर बनाइएका संरचना क्रमशः हटाउँदै जाने वडा कार्यालयहरुको समेत योजना छ। अनधिकृत तरिकारले बनेका सरकारी संरचना समेत नछोडिने वडाध्यक्षहरुको भनाइ छ।
सडकको अधिकार क्षेत्र मिचेर बनाइएका क्षेत्रीय हुलाक, टेलिकमलगायत सरकारी कार्यालयका पर्खाल पनि भत्काइने बताइएको छ ।