काठमाडौं। नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ । काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो ।
महानगरले बिहीवार डोजर लगाएर हलको परिसरमा खोतलेको हो । शहरका अवैध संरचना भत्काउने अभियान नै चलाएका काठमाडौं महानगरका प्रमुख बालेन साहले टुकुचा खोलालाई अतिक्रमण गरि बनाइएका संरचनाहरुको अभिलेख शुरु गर्ने बताएका छन् ।
पहिलो चरणमा महानगरले अहिले पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा डोजर चलाइरहेको छ।
याे पनि:
अनधिकृत निर्माणकार्य रोक्न कार्यकारिणी अधिकारकाे प्रयोग : प्रमुख साह