काठमाडौं । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनहरुलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आजदेखि दशैंको फूलपातीसम्म न्युरोड जाने चारपाङ्ग्रे सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जनाएको छ ।
असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख गरिएको छ ।
चाडवाडमा दुर्घटना रहित यात्राका लागि शुभकामना व्यक्त गर्दै कार्यालयले काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको उल्लेख गरेको छ ।