बाँके। नरैनापुर गाउँपालिकामा २७ वर्षपछि १ किलोवाटको लघु जलविद्युत निर्माण पूरा भएको छ। २६ वर्ष अघि निमार्ण सुरु गरिए लघु जलविद्युतको निर्माण सम्पन्न भएको हो।
निर्माण सुरु गर्दा बत्ती ल्याउनका लागि भनेर हालेको पोलहरु पनि २४ वर्ष अघि नै ढलिसकेका थिए ।
जब कोरोनाका कारण आक्रान्त बन्यो । त्यसपछि स्थानीय तहलाई बिजुली बनाउनैपर्ने बाध्यता आइलाग्यो । संक्रमितलाइ बचाउनको लागि अस्पताल सञ्चालन गर्नुपर्यो । अस्पताल सञ्चालनका लागि बिजुली अनिवार्य थियो । त्यसैले तातिए गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह ।
उनी भन्छन्, ‘सिमापारी बत्ती भए पनि नेपालमा बत्ती थिएन । कोरोना हाम्रो लागि धेरै नै चुनौतीपूर्ण बन्यो । विभिन्न विवादहरू थिए । तर जसरी नि बनाउछु भनेर लागेँ । सफल पनि भएँ ।’
त्यतिबेला कारोनाको हब नै बनिसकेको थियो नरैनापूर । करिब १३ सय जना क्वारेन्टाइनमा थिए । उनी थप्छन् ‘सिडियो साबले बत्ती ल्याउन सहयोग गर्नुभयो । समुदाय पनि हामीसँगै मिलेर काम गर्यो । सबैजना मिलेर हामीले २७ दिनमा बत्ती ल्यायौँ ।’
बत्ती लैजादैँ गर्दा बाटोमा पनि ठाउँठाउँमा विवाद भयो । तर उनले २४ घण्टामा विवाद मिलाएर काम अघि बढाए । कोभिडको समयमा दिन रात नभनी उनले काम गरे । दिनमा १९ घण्टासम्म काम गरेको उनले सुनाए । उनका अनुसार अहिले टोलटोलमा बत्ती पुगेको छ । ८० प्रतिशत विद्युत् जडानको काम पुगेको छ ।