मोरङ । विराटनगरमा २५ तले व्यापारिक कम्प्लेक्स निर्माण हुने भएको छ । कम्प्लेक्स निर्माणका लागि बिहीबार विराटनगर महानगरपालिका र प्रदेश लगानी प्राधिकरणबीच सम्झौता पत्रमा हस्ताक्षरण भएको हो ।
विराटनगर–९ मा रहेको गुद्रीबजार क्षेत्रमा अवस्थित १४ कट्ठा जग्गामा विराटनगर महानगर र प्राधिकरणको सहकार्यको सहकार्यमा व्यापारिक कमप्लेक्स निर्माण गरिने भएको हो ।
महानगरमा कार्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र एक नम्बर प्रदेश सरकारको लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइरालाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरु हुने बताइएको छ ।व्यापारिक कम्प्लेक्स तीन वर्षभित्र निर्माण भइसक्ने र यसमा निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली, २०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही परियोजना सम्पन्न हुने बताइएको छ ।