उदयपुर । जिल्लाको पश्चिमी क्षेत्रको कटारी नगरपालिका–१ पोखरियामा पहिलोपटक बिजुली पुगेको छ । पोखरीयामा राष्ट्रिय प्रसारण लाइनअन्तर्गत बुधबार पहिलो पटक बिजुली पुगेको हो ।
प्राधिकरण र कटारी नगरपालिकाको ८५ लाखको लागतमा पोखरियामा बिजुली पुगेको विद्युत् प्राधिकरण कटारीका प्रमुख लक्ष्मण साहले जानकारी दिए । कटारी नगरपालिका–२ कालीखोला, त्रिवेणी र ग्रास हुँदै पोखरियामा विद्युत प्रसारण लाइन विस्तार गरिएको हो ।
विद्युत गाउँमा पुगेपछि पोखरिया क्षेत्रका झण्डै २२० परिवार लाभान्वित भएका छन् । टुकी बत्ती बालेर रात बिताउनुपर्ने बाध्यतामा रहेका यस क्षेत्रका मानिस टुकीको अन्त्य भएपछि खुसी भएका छन् । गाउँमा बिजुली बत्ती बलेपछि मोबाइल चार्ज गर्नसमेत सहज भएको र गाउँलेले टेलिभिजन किन्न थालेले एक स्थानीयले बताए ।