काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर दाहाललाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० वाट निर्वाचित दाहाल, २०७० को निर्वाचनमा काठमाडौं–१० बाट पराजित हुदाँ सिरहा–५ वाट बिजयी भएका थिए । २०७४ मा चितवन–३ बाट विजयी दाहाल २०७९ को निर्वाचनमा भने गोरखा –२ बाट उम्मेदवार हुन लागेका हुन्।
बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलडने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष दाहाललाई उम्मेदवार बनाएको हो । माओवादी अध्यक्ष दाहालले चारवटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन् ।