काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले संस्थाका पूर्व अध्यक्ष शरदकुमार गौचनको स्मृति दिवस मनाउने भएको छ। महासंघले आज संस्थाको सचिवालय प्राङ्गण अनामनगरमा गौचनको पाँचौं स्मृति दिवसका अवसरमा विशेष कार्यक्रम गर्न लागेको हो।
महासंघका महासचिव रोशन दाहालले आज बिहान ९ बजे गौचनको स्मृति दिवस मनाउने कार्यक्रम रहेको जानकारी दिएका छन्। महासंघले जस्तै जिल्ला निर्माण व्यवसायी सङ्घले पनि गौचनको स्मृतिमा विविध कार्यक्रमहरु गर्नेछन्।
गौचनको वि.सं २०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासङ्घ कार्यालय आउने क्रममा निवास नजिकै आपराधिक समूहबाट गोली हानी हत्या भएको थियो । सरकारले गौचनलाई निर्माण क्षेत्रका शहीदका रुपमा घोषणा गरेको छ ।