धरान। धरानमा सडक कुकुरहरूका लागि आश्रयस्थल निर्माण गरिएको छ। मंगलबार पूर्व युवराज पारस शाहकी छोरी पूर्णिका राज्य लक्ष्मीदेवी शाहले उक्त आश्रयस्थल उद्घाटन गरेकी हुन् ।
उद्घाटनको अवसरमा शाहले बेवारिसे जनावरहरुको लागि आत्मोत्सर्ग नेपालमा आबद्ध भएर उनीहरुको संरक्षणमा लागेको बताइन् ।
उनले आफू जनावरप्रेमी रहेको बताउँदै भनिन्, ‘‘कुकुरलाई सुरक्षाका लागि होस् वा सोखको रुपमा पाल्ने चलन छ । अझ नेपालमा त कुकुरलाई पूजा गर्ने चलन पनि छ । तसर्थ उनीहरुको सेवा गर्न म लागेको हुँ।’’
आकिनियामी धरानले कोरोना महामारीका कारणले बन्द भएपछि १३ जना युवायुवती मिलेर सडकका कुकुरलाई खाना खुवाउने अभियान शुरु गरेको अध्यक्ष रुसल श्रेष्ठले बताए। सडक कुकुरहरूको उपचार र खानामा ध्यान दिंदै आएकोमा आत्मसर्ग नेपालको समन्वयमा कुकुरका लागि धरानको वडा नं१९ जिमी चोकमा जग्गा भाडामा लिई आाश्रय स्थल निर्माण गरिएको र आगामी दिनमा ल्याब पनि सञ्चालनमा ल्याउने तयारी रहेको आकिनियामी धरानका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
मानिसहरूले बाँच्नको लागि जसरी आफ्नो अधिकारको प्रयोजन गरि रहेको हुन्छ त्यसरिनै सडकका कुकुरहरुको बाच्ने अधिकार सुनिश्चित र संरक्षण गरिनुपर्छ भन्ने उद्येश्यले सडक कुकुरहरुलाई खान सँगै उपचार बन्ध्याकरण, भ्याक्सिनलगायत सेवा दिने आश्रय स्थल निर्माण गर्ने उद्देश्यका साथ लागि परेको अकिनिमि धरानका सदस्य नवीन राईले बताए ।