शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौंले मकवानपुर र धादिङ जिल्लामा नौ वटा विद्यालयको पुनर्निर्माण गर्ने भएको छ। दुवै जिल्लाका विद्यार्थिहरुको समस्यालाई मध्यजनर गर्दै मन्त्रालयले विद्यालयको पुनर्निर्माण गर्न लागेको हो।
उक्त विद्यालयहरु ७२ सालको भूकम्पमा क्षती हुन पुगेका थिए। भूकम्प गएको लामो समय बितिसक्दा पनि भत्किएका विद्यालयहरुको पुनर्निर्माण पूर्ण रुपमा सम्पन्न हुन नसक्दा अझै पनि दुवै जिल्लाका विद्यार्थिले अस्थायी टहरामै अध्ययन गर्नुपर्ने समस्या भएको छ। यही समस्यालाई समाधान गर्नको लागी मन्त्रालयले पुनर्निर्माण गर्ने भएको हो।
विद्यालय भवन पुनर्निर्माणको ठेक्का एम/एस गौरी पार्वती निर्माण सेवा लिंक मार्ग कलङकी काठमाडौँले तोकिएको समय अवधिभित्र काम सम्पन्न गर्ने गरी सम्झौँता गरेको छ। पुनर्निर्माण गरिएका विद्यालयहरु भूकम्प प्रतिरोधी हुने मन्त्रालयले बताएको छ। विद्यालय भवनको निर्माण पछि दुवै जिल्लाका विद्यार्थीले आनन्दले पढ्न पाउँने छन्। विद्यालय पुनर्निर्माणको खबरले स्थानीयमा पनि खुसि छाएको छ।